Archive for the ‘Poem’ Category

माया को प्रकार

Posted: September 17, 2010 in Poem

कति माया दायित्वको पर्याय होला कति माया सामाजिक अनैतिकता होला कति माया तृष्णाको पहिरन होला कति नै माया परिभाषित माया होला ? कति माया संकोचमा नै सेलाउँदो होला कति माया अस्विकारको शिकार हुँदो होला कति माया मित्रताको संघारमा अल्झिन्दै होला कति नै माया परिभाषित अनुरुप पलाउँदो होला ? कति माया प्राप्त मायाको प्रतिक्रिया मात्र होला [...]

मेरो जीवन यस्तो होस् साथ तिम्रो संधै रहोस् अभ्यस्थ उपस्थितिको यस्तो होस् प्राणलाइ जस्तो वायुको होस् मेरो यात्रा यस्तो होस् लक्ष्यमा तिम्रो पर्खाइ होस् मेरो क्रिया यस्तो होस् कारक तिम्रो खुशी होस् मेरो प्रेरणा यस्तो होस् स्रोत तिम्रो शब्द होस् मेरो सफलता यस्तो होस् रहस्य तिम्रो साथ होस् मेरो प्राप्ति यस्तो होस् ताली तिम्रो हातको [...]

एउटा प्वाँख एउटा प्वाँख उन्दै मैले पखेटा बनाएँ अनि आकाशमा उदें एउटा चाल एउटा चाल चाल्दै मैले पौडिन सिकें अनि समुद्री यात्रामा हिंडे धेरैले मलाई साथ दिए थोरैले मात्र घात दिए त्यसैले सागर तर्न सकें त्यसैले सगर चुम्न सकें सम्रिधिलाई सम्झौताले प्छ्याउँदो रहेछ क्षमतालाइ कर्तव्यले पिरल्दो रहेछ सम्झौता गर्दै गएँ सम्झौता गराउंदै गएँ कर्तव्यलाई निभाउंदै [...]

यो मुटुमा आज असीम पीडा छ तिमी त्यहाँ छैनौ परीवर्तनमा मेरो किन चकित हुन्छौ जब तिमी तिमी रहेनौ छोड घात प्रतिघातको कुरा कति गर्ने जिजीविषा नै मरे पछि संसार विरानो भनी कति गुनासो गर्ने आफ्नै छायाँ बेइमान भएपछि तिमो स्पन्दन पछि लहर उठ्थ्यो मनमा फूल संगै सुवासको तर कसको भएको छ र मिलन बोतल र [...]

तिमी र म

Posted: November 20, 2008 in Poem

प्रजातन्त्र प्राप्तीको लागि तिमीले धेरै बिगार्यो त्यही बिग्रेको बनाउन म परदेशमा पसिना वहाँउछु अनि किन तिमी मात्रै राष्ट्रवादी म चाँही भगौदे NRN तिमी बिकासको सङ्या दिन्दै छिमेकिको अगाडि हात फैलाउछौ म श्रम बेच्दै आर्थिक उन्नतिको लागि कृयाशिल छु अनि किन तिमी भिखारि भएनौ म चाँही बिदेशिको नोकर कहलाइए तिमी भौतिक असुबिधालाइ आत्मिक सन्तुस्तिले हराउन्छौ म [...]